जेष्ठ ५, २०८२ आईतबार

मतदानअघि संसदको दृश्य : देवराजको पक्षमा प्रष्ट बहुमत

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख चुन्दैछ । सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार छन् ।

बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ । लगतै लामो छलफल सकिएको छ ।

छलफलका क्रममा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिने बताएका छन् ।

एमालेका ७९, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जनमतका ६ सांंसद छन् । यस्तै जसपाका १२, नागरिक उन्मुक्तिका ४ र तीन सांसद जोड्दा घिमिरेको पक्षमा १७० मत देखिन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।

कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् ।

एक सांसद भएको नेमकिपाले भने कसलाई मत दिने भनेर खुलाएको छैन ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  २ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]