बैशाख २५, २०८२ बिहीबार

बिर्तामोडका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुने जेष्ठ नागरिकलाई गाम्छा सहित नगद र फलफुल प्रदान गरिएको थियो ।

३२ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरिएको सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का कार्यवहाक वडाध्यक्ष योगचन्द्र आङ्बोहाङ्गले जेष्ठ नागरिकहरुलाई यस वर्ष पनि भ्रमणको आयोजना गरिएको बताए । उनले वडा कार्यालयले चाँडै मिति तोकेर सबै जेष्ठ नागरिकहरुलाई भ्रमणमा लैजाने बताएका छन् ।

सामाजिक विकास शाखाकी संयोजक, नगर कार्यपालिका सदस्य यमुना आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासचिव टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो । सम्मानित हुने जेष्ठ नागरिकहरुले नगरपालिकाले गरेको सम्मान प्रति खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]