जेष्ठ १, २०८२ बुधबार

एक्सेल बैंकको कर्मचारी संघमा लोहनी सर्वसम्मत

बिर्तामोड । नेपाल वित्तीय संस्था कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो अधिवेसनले गोपाल लोहनीको अध्यक्षतामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । झापाको बिर्तामोडमा भएको अधिवेशनले लोहनीलाई आगामी चारबर्षे कार्यकालको लागि अध्यक्ष चयन गरेको हो ।

कमिटीको बरिष्ठ उपाध्यक्षमा भागवत ढुङ्गाना चयन भएका छन् । ढुङगाना यसअघि कार्यबाहक अध्यक्ष थिए । नविन संग्रौला र यामनाथ पौडेल उपाध्यक्ष रहेको नवनिर्वाचित कमिटीमा राज शंकर थापा महासचिव भएका छन् ।

यसैगरी उपमहासचिव राजन ढकाल र कोषाध्यक्ष गजेन्द्र ढकाल नयाँ कमिटीमा आएका छन् । सदस्यहरुमा निशा ओली आचार्य, निरज ढुङगाना, चन्दना भण्डारी र तेजप्रकाश न्यौपाने रहेको समितिका निवर्तमान उपमहासचिब सरोज खतिवडाले जानकारी दिए । नवनिर्वाचित कमिटीका अध्यक्षले दुई सदस्य मनोनयन गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : माघ ७, २०७९ शनिबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]