बैशाख २५, २०८२ बिहीबार

श्रमिक हित कोषबाट बिर्तामोडले दियो ५० हजार

बिर्तामोड । बिर्तामोड नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ । केहि महिनाअघि देउनिया पुलमा भएको ट्रक दुर्घटनामा परि घाईते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो ।

राजवंशीलाई श्रमिक हितकोषको संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । राजवंशी इट्टा ढुवानी मजदुर हुन् । बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हितकोष सञ्चालनमा छ । यस कोषबाट राहत पाउनको लागि श्रमिक सूचिकृत हुनुपर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाको यस कोषमा हालसम्ममा १ हजार २ सय ९६ जना सूचिकृत रहेको जनाइएको छ । यस कोषमा सूचिकृत हुने मजदुरहरुको सामुहिक बीमा हुने गरेको छ । यस बीमाबाट श्रमिकको मृत्यु भएका ७ लाख रुपैयाँ र कार्यस्थलमा दुर्घटना भई घाइते भएमा अधिकतम ७० हजार रुपैयाँ पाउने व्यवस्था छ । बिर्तामोडमा निर्माण मजदुर, ढुवानी मजदुर, यातायात क्षेत्रका मजदुर र विद्युत तथा रङ्गरोगन क्षेत्रका मजदुरहरु सूचिकृत छन् ।

राहत चेक हस्तान्तरण कार्यक्रममा कोषका सदस्य अम्बिरकुमार लिङ्गदेन, भुपाल सापकोटा, सिता सापकोटा, गोकुल राजवंशीको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ७ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]