जेष्ठ १, २०८२ बुधबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ९३ पैसा र बिक्री दर १३० रूपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ८२ पैसा र बिक्री दर १४२ रूपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ २२ पैसा र बिक्री दर १६१ रूपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५३ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]