वीरता जेसीजको अध्यक्षमा घनश्याम चौधरीको बलियो दावेदारी
बिर्तामोड । सन् २०१० देखि जेसीजमा क्रियाशिल बिर्तामोडका घनश्याम चौधरीले वीरता जेसीजको २०२३ को अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । उनीसँगै अध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ । त्यसमध्ये चौधरी धेरै जिम्मेवारी पुरा गर्दैआएका जेसी हुन् ।
वीरता जेसीजमा संयोजक, सहकोषाध्यक्ष, कोषाध्यक्ष, कार्यकारी उपाध्यक्ष लगायतको विभिन्न जिम्मेवारी सम्हालेका चौधरीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास गरेका छन् । उनले भने, सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास गरेको छु । सर्वसम्मति नभए निर्वाचनबाट आफु पछि नहट्ने उनको भनाई छ । चौधरीले अध्यक्षका लागि आफ्नो बलियो दावेदारी रहेको बताएका छन् । लामो समयदेखि जेसीमा क्रियाशिल रहेको हुँदा सबै जेसीहरुले त्यसको मुल्याङकन गर्ने उनको विश्वास छ ।
अध्यक्षका लागि घनश्याम चौधरीसहित प्रवेश बस्नेत, प्रकाश (लव) कुमार सुवेदी, दिवाकर लाल चौधरी, विकास बस्नेत र कुशल खतिवडाले उम्मेद्वारी दिएका छन् । १ अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन् भने २ जना कार्यकारी उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
तालिम संयोजकमा दिपेन धिमाल, संयुक्त सचिवमा प्रकाश थापा मगर, जनसम्पर्क अधिकारीमा बसन्त ढकाल, प्रकरण निर्देशकमा दिपक शाह निर्विरोध चयन भइसकेका छन् । नयाँ नेतृत्वले महासचिव सहित केही पदमा मनोनित गर्ने व्यवस्था रहेको छ ।
निर्वाचन समितिले आज ४ बजेपछिलाई दावी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।