जेष्ठ ५, २०८२ आईतबार

प्रधानमन्त्रीसँग ओलीको अडान- सुन प्रकरण छिनाेफानाे नभएसम्म सदन चल्दैन

काठमाडौं । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

उनले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो ।’

उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

प्रकाशित मिति : श्रावण १५, २०८० सोमबार  १ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]