जेष्ठ ५, २०८२ आईतबार

कोशीमा मन्त्री पठाउने विषयमा माओवादीमा विवाद, रोकियो मुख्यमन्त्रीको शपथ

विराटनगर । माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो ।

आज गठबन्धन दलबाट एक–एक जनालाई मन्त्री बनाउने तयारी थियो ।

माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए । शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]