जेष्ठ ४, २०८२ शनिबार

मुख्यमन्त्री थापाद्वारा दोस्रो पटक शपथ ग्रहण

बिर्तामोड । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीत्रय आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतम, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुलाई कार्यविभाजनसहित प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रकाशित मिति : श्रावण १७, २०८० बुधबार  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]