कोशी सरकारमा सहभागी हुँदै जसपा, स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बू
विराटनगर । कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री बनाइने भएको हो ।
निर्मलालाई आज ३ बजे पद तथा गोपनीयताको शपथ गराइने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि मुख्यमन्त्री उद्वव थापाले पत्रकार सम्मेलन गर्दै प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्ने निर्णय गरेपछि उठेको आन्दोलन र मागका विषयमा सरकार जानकार रहेको भन्दै वार्ता तथा सहमतिको सम्भावना रहेको बताए ।
उनले जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै सहयोग गर्न दल तथा आन्दोलनरत पक्षसँग अपिल गरेका थिए ।