जेष्ठ १, २०८२ बुधबार

धरानलाई हराउँदै जलपाइगुडी क्वाटरफाइनल प्रवेश

मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपमा बिएससी जलपाइगुडीले बिजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा पानवारी एफसी धरानलाई ३–१ गोल अन्तरले हराउँदै जलपाइगुडीले अन्तिम ८ मा स्थान बनाएको हो ।

जलपाइगुडीको जितमा स्टेफेन समिरले २ गोल र करण राईले १ गोल गरे । धरानका पदम भट्टराईले सान्तवना गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा ४ गोल निस्किएको हो । दुवै टिममा सहिद स्मारक ए डिभिजन लिग खेलेका खेलाडीहरुको बाहुल्यता रहेको थियो ।

प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा रेडहर्र्स इलाम र चाँद एफसी तीनधारे बिच प्रतिस्पर्धा हुनेछ । आगामी अक्टोबर १५ ९ असोज २८० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले ८ लाख ९भारु ५ लाख० र उपविजेताले ४ लाख ९भारु २ लाख ५० हजार ० प्राप्त गर्नेछ । प्रतियोगितामा नेपालका ५ क्लब र भारतका ११ क्लब सहभागी छन् ।

मानेभञ्ज्याङ फुटबल क्लबले विगतका बर्षहरु देखि अन्तरदेशीय सम्बन्ध विस्तारका लागि नेपाल–भारत सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]