बुद्धशान्तिमा वडा स्तरीय टि-टेन क्रिकेट प्रतियोगिता हुँदै
बुधबारे । झापाको बुद्धशान्तिमा असोज २८ गतेबाट प्रथम बुद्धशान्ति कप वडास्तरीय टि–टेन क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।
आयोजक आदर्श युवा क्लब बुधबारेले शुक्रबार कार्यलयमा पत्रकार सम्मेलन गर्दै खेलको टाई सार्वजनिक गरेको हो । वडाका खेल प्रतिनिधिले लक्की ड्र मार्फत आमने सामने हुने टिमको टुङ्गो लगाएका छन् । सोही अनुसार वाड १ ले ७ सँग, २ ले ६ सँग , ४ र ५ आमने सामने हुँदा वाड न. ३ ले बाई पाउदै सोझै सेमिफाइनलमा पुगेको आयोजक संस्थाका सचिव दुर्यधोन सिहले जानकारी दिए । सेमिफाइनलका दुबै खेल २९ गते र उपाधि भिडन्त ३० गते हुनेछ ।
गाउँपालिकाको आर्थिक सहयोग रहेको प्रतियोगिताको उपाधि बिजेताले नगद २५ हजार रुपैयाँँ र उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रामणपत्र पाउने संस्थाका अध्यक्ष मातृका श्रेष्ठले उद्घोष गरे । साथै उत्कृष्ठ खेलाडिलाई विभिन्न बिधामा समेत पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रममा बोल्दै प्रतियोगिताको संयोजक दिपक सुब्बाले वडास्तरीय माध्यमबाट बुद्धशान्तिको सिङ्गो टिम निर्माण, राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । संयोजक सुब्बाका अनुसार खेलाडी उत्पादन गर्दै क्रिकेटको वृद्धि बिकास गरिने छ ।
बुधबारे पेट्रोल पम्प पश्चिमपट्टिको खेल मैदानमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भईसकेको बताउदै कोषाध्यक्ष गोकुल पौड्यालले ०५२ सालमा स्थापित क्लबले बिगत देखि नै विभिन्न खेलकुद कार्यक्रम साथै सामाजिक कार्यक्रम गर्दै आएको जनाएका छन् ।