व्यवसायीको पक्षका काम गर्न सक्ने स्वतन्त्र प्यानललाई विजयी गराऔं : पूर्वअध्यक्ष भट्टराई
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले स्वतन्त्र व्यवसायिक प्यानललाई विजयी गराउन आग्रह गरेका छन् । उनले व्यवसायीको हितमा काम गर्न सक्ने नेतृत्व स्वतन्त्र प्यानल भएको बताए ।
व्यवसायीहरुका सबै खाले समस्याहरुको समाधान गर्न अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानल अब्बल रहेको भट्टराईको भनाई छ । उनले फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानललाई विजयी गराउन आग्रह गर्दै उच्च मनोवलका साथ तयारी गर्न आग्रह गरे । पूर्व अध्यक्ष भट्टराईले भने – ‘निर्वाचनमा उच्च मनोवलका साथ लागौं, विजयी हुने कुरा ढुक्क छ । मेहनत गर्ने सन्दर्भमा कतै कन्जुस्याई नगरौं ।’
बिर्तामोडको गरिमालाई माथि उठाउने मामिलामा स्वतन्त्र व्यवसायिक प्यानल सक्षम रहेको बताउदै उनले निजी क्षेत्र र स्थानीय सरकारबीच बलियो सम्बन्ध हुनुपर्ने बताए । यो प्यानलले स्थानीय सरकारसँग सम्बन्ध सुधार गरेर व्यवसायीको हितमा काम गर्ने पूर्ण विश्वास छ, उनले थपे । भट्टराईले स्थानीय व्यवसायी वा अन्य क्षेत्रबाट यहाँ आएर व्यवसाय गर्ने सबै व्यवसायीहरुको हकहितमा काम गर्न सक्ने स्वतन्त्र व्यवसायिक प्यानललाई विजयी गराएर वाणिज्य संघलाई व्यवसायीको मजबुद संस्था बनाउन जोड दिएका छन् ।