जेष्ठ ११, २०८२ शनिबार

वीरता जेसीजको अध्यक्षका उम्मेद्वार खतिवडाद्वारा निर्वाचन प्रक्रिया बहिस्कार

बिर्तामोड । वीरता जेसीजका अध्यक्षका उम्मेदवार टिकाराम खतिवडाले निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन् । निर्वाचन प्रक्रिया विधि विपरित भएको आरोप लगाउँदै उनले निर्वाचनमा आफु सहभागी नभएको इजलाससित बताए । उनले निर्वाचन प्रक्रिया बहिस्कार गरेको बताए ।

अध्यक्षका उम्मेदवार खतिवडाले नेपाल जेसीजलाई आफु सहित ११ जनाको नाममा पत्र लेख्दै निर्वाचन प्रकिया र साधारण सभालाई नियम संगत ढंगले विधिको शासन कायम गरी पुनः बोलउनको लागि माग गरेका छन् ।
१९ जना सदस्यहरुको नाम निर्वाचनको ४८ घण्टाअघि प्रकाशन नगरेको खतिवडाको भनाई छ । विवादित सदस्यहरुलाई मताधिकार विना सदस्यता सदर गर्ने भनेपछि वीरता जेसीजमा लफडा भएको थियो ।

वीरता जेसीजको ४३ औं साधारण सभा तथा अधिवेशन हालसम्म पनि हुन नसकेको भन्दै खतिवडासहित ११ सदस्यले भत्सर्ना गरेको छ । शाखा अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरीले साधारण सभामा कार्य समिति र सदस्यहरुलाई समेत खबर नगरी एकलौटी ढङ्गले व्यक्तिगत स्वार्थमा गरेको आरोप लगाइएको छ ।

पत्रमा भनिएको छ, – ‘साधारण सभालाई कार्य समिति तथा सदस्यहरुको न्यून उपस्थितिमा सम्पन्न गरी सामाजिक सजालमा अनिश्चितकालको लागि साधारणसभा स्थगित गरिएको भनि कम समयमा साधारण सभा सम्पन्न गरिएको र संस्थाको गरिमालाई समेत कमजोर पार्ने कार्य गरिएकाले साथै मातदाता नामावली मै नाम नभएको व्यक्तिलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचन भएको सूचना पाटीमा टाँस गरिएको समेत जानकारी गराउन चाहान्छौं । साथै उक्त निर्वाचन प्रकिया र साधारण सभालाई नियम संगत ढंगले विधिको शासन कायम गरी पुन बोलउनको लागि पहल गरी दिनुहुन अनुरोध छ ।’

वीरता जेसीजको सन् २०२४ को अध्यक्षमा विकास बस्नेत र टिकाराम खतिवडाको उम्मेदवारी परेको थियो । ककसमा सहभागी नभएको भन्दै दिवाकरलाल चौधरी र सुरज चौधरीको नाम उम्मेदवारबाट हटाइएको छ । चौधरीले राती ककस रोक्न भन्दै निवेदन नै दिएका थिए ।

प्राप्त सूचना अनुसार भर्खरैबाट निर्वाचन सुरु भएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०८० बिहीबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]