जेष्ठ ११, २०८२ शनिबार

झापामा चोरिएका ८ वटा मोटरसाइकल ताप्लेजुङबाट बरामत

बिर्तामोड । झापाको बिर्तामोडसहित विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङमा बरामत गरिएको छ । झापाबाट खटिएको प्रहरी टोलीले ७ वटा मोटरसाइकल बरामत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड ६ बस्ने २७ वर्षीय बाल कुमार मगर सहित बरामत मोसा सार्वजनिक गरेको हो ।

गत शुक्रवार १ थान मोटरसाइकलसहित पाचथरमा मगरलाई प्रहरीले पक्राउ गरेको थियो । सोही युवासँगको अनुसन्धानका क्रममा प्रहरीले चोरीका मोटरसाइकलहरु ताप्लेजुङमा विक्री गरिहरेको सूचना पाएको थियो ।

प्रहरीले ताप्लेजुङस्थित मिरिङ्देन गाउँपालिका र फुङलिङ नगरपालिकाबाट चोरी भएका मोटरसाइकल बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसी, बिर्तामोडका डिएसपी सुरज कार्की, निमित्त प्रवक्ता ढुण्डीराज गिरी लगायतले चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्न १ जनालाई सार्वजनिक गरेका हुन् ।

प्रहरीका अनुसार झापामा मोटरसाइकल चोरी गर्नेहरुले कावेलीसम्म पुराईदिने गरेका थिए । त्यहाँबाट ताप्लेजुङका कारोवारीहरुले बुझेर विभिन्न स्थानमा विक्री गर्दै आएको बुझिएको छ ।

झापाबाट मोटरसाइकल चोरी गर्नेहरुले २० देखि ४० हजारमा विक्री गर्ने गरेको खुलेको छ । ताप्लेजुङमा सोही मोटरसाइकलहरु ८० हजार देखि १ लाखसम्म विक्री भइरहेको प्रहरीले जनाएको छ । सबै मोटरसाइकलमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको छ ।

झापामा पछिल्लो केहि समय सयौं मोटरसाइकल चोरी भएका छन् ।

प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार  ४ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]