जेष्ठ ११, २०८२ शनिबार

सिडिओको व्यवहारले विच्किए झापाली सहकारीकर्मीहरु

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला कार्यक्रम चलिरहेको बेला बिचमै छोडेर हिडेपछि जिल्लाका सहकारी अभियानका अगुवाहरुले आक्रोस पोखरेका छन् । जिल्ला प्रशासनले आफै समन्वय गरेको कार्यक्रम छोडेर हिडेपछि आज जिल्ला समन्वय समिति झापाको सभाहलमा आयोजिक अन्तरक्रियामा सहकारीकर्मीहरुले उनी विरुद्ध नारावाजी नै गरे ।

झापा जिल्लाका सहकारी संघ-संस्थामा देखा परेको समस्या र समाधानका उपायहरु विषयक अन्तरक्रियामा प्रजिअ हिडेपछि सहभागीहरुले उक्त कार्यको विरोध जनाएका हुन् । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवा र झापा जिल्ला सहकारी संघले आयोजना गरेको कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय झापाले गरेको थियो ।

सहकारी सरोकारवाला, राजनीतिक दलका नेताहरुको सहभागिता रहेको कार्यक्रममा सहकारीका विद्यमान समस्या र समाधानको विषयमा छलफल अन्तरक्रिया भएको थियो । अन्तरक्रियाको सुरुवात मै प्रजिअ कार्यक्रम स्थल छोडेर हिडेको हाम्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए । उनले प्रजिअ बास्तोलाले सहकारीका समस्या सुन्नै नचाहेको बताए ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यलयका निमित्त रजिष्ट्रार हरि बहादुर खत्रीले प्रदेशको सहकारीको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । त्यसपछि खुल्ला छलफल सुरु भएपछि सहकारीका अग्रज दुर्गा सापकोटाले प्रश्न राखेका थिए । सापकोटाको प्रश्न लगत्तै प्रजिअ बास्तोलाले कस्ता–कस्ता सदस्यहरु छन् तपाईहरु आफै मिलाउनुहोस्, मैले कोर ग्रुप होला भन्ठानेथे भन्दै कार्यक्रमबाट निस्किएको सहभागी एक सहकारीकर्मीले भने । प्रजिअको भनाई उद्वृत गर्दै एक सहभागी भन्छन् – मैले यस्तो होला भन्ने सोचेको थिइन । एक खाले कार्यक्रम सोचेको अर्कै प्रकृतिको कार्यक्रम भयो व्यस्त छु भन्दै उनी बाहिरिए ।

जिल्ला समन्य समिति झापाको उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यतामा भइरहेको अन्तरक्रियामा पालिका प्रमुखहरु पनि सहभागी थिए । जिल्लाका जिम्मेवार व्यक्तिहरुको बीचमा भएको छलफलले सहकारीमाथि भइरहेको आक्रमण रोक्न सकिने अभियानकर्मीहरुको सोच थियो । झापा जिल्लासहित विभिन्न ठाउँमा सहकारीमाथि भइरहेको आक्रमण रोक्न प्रशासनले सुरक्षाको प्रत्याभूत दिलाउनेछ भन्ने योजनासहित कार्यक्रममा सहभागी भएकाहरु जिल्ल भएर फर्किएका छन् ।

कार्यक्रमको बीचमा सिडियो हिडेपछि सहकारीकर्मीहरुले उनको नेतृत्वमा जिल्लाको शान्ति सुरक्षा हुन नसक्ने प्रतिक्रिया दिए । सिडियो फिर्ता आएर कार्यक्रममा सहभागी हुनुपर्ने माग गरेपनि सहकारीकर्मीहरु कार्यक्रमको उद्देश्य पुरा नभई हिड्न बाध्य भएका थिए ।

कार्यक्रममा नेकपा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी र माओवादीका नेता राजु आचार्य ‘अग्नी’ ले सिडियोको व्यवहारको निन्दा गरेका गरेका छन् । उनीहरुले सिडियोबाट अविवेकी काम भएको धारणा राखे ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारीका समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअले गरेको व्यवहारबाट सहकारी क्षेत्र असन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले सहकारीको सुरक्षा गर्ने दायित्व भएको संस्थाको प्रमुख व्यक्ति नै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उनको भनाई छ ।

प्रजिअ बास्तोलालाई सम्पर्क गर्दा सहायक प्रजिअ विश्वराज नेपालले फोन रिसिभ गरे । उनले प्रजिअ विदामा रहेको जानकारी दिए । सहकारीकर्मीसँगको कार्यक्रमबारे आफुलाई थाहा नभए बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]