अनेमसंघ बिर्तामोडद्वारा डोमालालको छोरीसहित दुई जनालाई सम्मान
बिर्तामोड । अखिल नेपाल महिला संघ बिर्तामोड नगर कमिटीले ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर दुई जनालाई सम्मान गरेको छ ।
आज बिर्तामोडस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा स्वर्गीय डोमालाल राजवंशीको छोरी सम्पत्ति राजवंशी र श्रमिक महिला चन्द्रकला आचार्य राजवंशीलाई सम्मान गरेको हो । सम्मानपत्र र नगदसहित सम्मान गरेको अनेमसंघ बिर्तामोड नगर अध्यक्ष भावना आचार्य घिमिरेले जानकारी दिइन् ।
डोमालाल राजवंशी रंगशालाको लागि जग्गादान गर्ने परिवारको छोरी सम्पत्ति र बिर्तामोड ६ बुट्टाबारीमा चटपटे व्यापार गर्ने चन्द्रकलालाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथी अनेमसंघ कोशी प्रदेश कमिटी सचिव हेमकला कट्टेल, एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई सहित अनेमसंघ नेतृहरुले सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी कट्टेलले महिला अधिकारका निमित्त अनेमसंघ वर्षौदेखि क्रियाशिल रहेको बताउँदै परिवर्तमा समेत विशेष योगदान गरेको बताइन् । महिलाको निम्ति सधैं अग्रभागमा रहेर अनेमसंघले भूमिका निर्वाह गरेको उनको भनाई थियो । महिला अधिकारका निम्ति संविधानको कार्यान्वयनसँगै स्वरोजगार बन्नुपर्ने उनको धारणा छ । कार्यक्रममा पार्टीका बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले शुभकामना मन्तव्य राखेका थिए ।
अनेमसंघ बिर्तामोड नगर अध्यक्ष भावना आचार्य घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यशोदा प्रसाईले गरेकी थिइन् ।