जेष्ठ ९, २०८२ बिहीबार

वेवारिसे ४५० केजी माछा नष्ट

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले बेबारिसे अवस्थामा फेला पारेको माछा नष्ट गरेको छ । झापा प्रहरीका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार आइतवार १० बजे फेला पारेको माछा जिल्ला प्रहरी कार्यालयको परिसरभित्र खाल्डो खनेर पुरिएको छ ।

प्रहरीले कन्काई नगरपालिका वडा नं.८ घाग्रा पुलस्थित लोकमार्गको दक्षिण किनारमा बेवारिसे अवस्थामा फेला पारेको रहु, सिलिङ तथा पमप्लेट जातको ४५० के.जि. माछा नष्ट गरेको जनाएको छ ।

बिर्तामोड नगरपालिकाले भारतबाट आयात हुने मरेका माछाहरु पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । बिर्तामोडले प्रतिवन्ध लगाएसँगै अन्य पालिकाहरुले पनि कडाई गरिरहेका छन् । मरेका माछा आयातमा प्रतिवन्ध लगाएपछि लुकाईछुपाई व्यापारीहरुले व्यापार गर्दै आएका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]