असार १४, २०८२ शनिबार

चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका कारण डिग्री माइलाको पर्खाइमा रहेको दर्शकले आजदेखि हलमा गएर हेर्न पाउनेछन् । बुधवारसम्म यो चलचित्रले देशभर १५५ शो पाएको छ । क्यूएफएक्सले मात्रै ५८ शो दिएको छ ।

यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी–४’ ले रिलिजको पहिलो शनिवार ३ करोडभन्दा बढीको व्यापार गरेको दाबी थियो ।

प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]