इजलास दैनिक आठौं वर्षमा
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक आठौं वर्षमा प्रवेश गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास आजबाट सात वर्ष पुरा भई आठौं वर्ष प्रवेश गरेको हो ।
०७४ बैशाख १ गतेबाट प्रकाशन सुरु भएको इजलास जिल्लाको कान्छो दैनिक पत्रिका हो । नियमित प्रकाशन भइरहेको इजलास दैनिकले आगामी दिनमा नागरिकलाई सूचना संप्रेषणमा कुनै कसर बाँकी कम्पनीका अध्यक्ष नारायण प्रसाद पोखरेलले बताउनु भयो । सूचनाको हकलाई प्रत्याभूत गराउने जिम्मेवारीमा सधैं अग्रभागमा उभिने छौं, अध्यक्ष पोखरेलले भन्नुभयो– इजलासले सूचनाको भोक मेटाउनेछ । डिजिटल मिडियाप्रतिको क्रेज, आर्थिक मन्दी लगायतका समस्याहरुले मिडिया क्षेत्र समस्यामा परेको उहाँको धारणा छ ।
झापाको पत्रकारितामा सत्य तथ्य सूचना संप्रेषण र खोज पत्रकारितामा विगतमा भन्दा थप प्रभावकारी बनाउने लक्ष्य रहेको अध्यक्ष पोखरेलको बताउनु भएको छ ।
इजलासका सम्पादक प्रदीप परियारले सात वर्षसम्म विभिन्न क्षेत्रबाट सहयोग सहकार्य गर्नेहरुलाई आभार व्यक्त गरेका छन् । उनले सात वर्षसम्मको यात्रा अति कठिन, चूनौति पूर्ण भएको बताए । कोभिड महामारी र आर्थिक मन्दीले मिडिया क्षेत्रमा संकट आइपरेको सम्पादक परियारको भनाई छ ।
वेथिती र अत्याचार विरुद्ध आगामी दिनमा पनि खवरदारी गर्दै जाने भन्दै परियारले आम पाठक वर्ग, विज्ञापनदाता र शुभेच्छुकहरुकै कारण बाँकी दिनहरुमा सफलता प्राप्त गर्ने अपेक्षा राखेका छन् ।
कोभिडपछि बजार घटाएको पत्रिकाले अब विस्तार गर्दै जाने सोच राखेको सम्पादक परियारले जानकारी दिए ।