असार १३, २०८२ शुक्रबार

इलाममा मदिरा बिक्री-वितरणमा रोक

मङ्गलबारे, १ वैशाखः इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

प्रकाशित मिति : बैशाख १, २०८१ शनिबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]