असार १२, २०८२ बिहीबार

१६ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

१० वैशाख, काठमाडौं । आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

प्रकाशित मिति : बैशाख १०, २०८१ सोमबार  ८ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]