जेष्ठ ४, २०८२ शनिबार

प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष पाठकको निधन

बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो ।

पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै नेपाल शिक्षक संगठनको नेतृत्व गरेका थिए । पाठक भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको सम्पादकीय नेतृत्व समेत क्रियाशिल थिए ।

बिर्तामोड–४ मेथीबारी टोल निवासी पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए ।

उनको अन्त्येष्टी शुक्रवार छोरा बिदेशबाट आइपुगेपछि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले झापाको पत्रकारितामा अपुरणीय क्षति पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]