बैशाख २५, २०८२ बिहीबार

इन्द्रचन्द्र क्याम्पसले विद्यार्थी कल्याण अक्षयकोष स्थापना गर्ने

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले विद्यार्थी कल्याण अक्षयकोष स्थापना गर्ने भएको छ । बिर्तामोड–६ मा रहेको क्याम्पसले जेहेन्दार, विपन्न, सिमान्तकृत, द्वन्द्व पीडित एवम् दलित विद्यार्थीहरुको शैक्षिक यात्रालाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोषको स्थापना गर्न लागिएको क्याम्पस प्रमुख प्रकाश दाहालले जानकारी दिए ।

क्याम्पस प्रमुख दाहालका अनुसार क्याम्पसमा भविष्यमा आइपर्न सक्ने जोखिम व्यवस्थापनलाई समेत मध्यनजर गरी अक्षयकोषको स्थापना गर्न लागेको हो । उनले सम्पुर्ण दाताहरुलाई अक्षयकोषमा सहयोग गर्न आव्हान समेत गरेका छन् ।

उक्त अक्षयकोषका लागि स्वर्गीय अम्बिका देवि पुरीको स्मृतिमा छोराहरु शशांक र आभास पुरीले १,११,१११ रुपैयाँ सहयोग गरेका छन् । यस्तै, अनेरास्ववियु (क्रान्तिकारी) ले कोषका लागि क्याम्पस प्रमुख दाहाललाई १० हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  ३ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]