जेष्ठ ४, २०८२ शनिबार

झापामा ट्राफिक सप्ताह सुरु : दुर्घटना न्यूनिकरण साझा दायित्व

झापा । झापाको बिर्तामोड प्रभातफेरीको आयोजना गर्दै ट्राफिक सप्ताह शुरू गरिएको छ । प्रभातफेरी पश्चात आयोजित औपचारिक कार्यक्रममा बालबालिकालाई हेल्मेट लगाउदै अभियानको शुभारम्भ गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

आम नागरिक अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुघर्टना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उनले जिल्लाको सडक दुर्घटनाको अवस्था भयावह रहेको बताए । दुर्घटना न्यूनिकरणमा सबैको साझा दायित्व रहेको उनको भनाई थियो । ट्राफिक प्रहरी प्रमुख न्यौपानेले सबैले भूमिका निर्वाह भएमा दुर्घटना कम गर्न सकिने बताए । सवारी दुर्घटनाले एउटा व्यक्ति मात्र होइन, परिवार, समाज र राष्ट्रलाई नै क्षति हुने उनको भनाई थियो । न्यौपानेले भने, छोरालाई विस्तारै गाडि चलाउन भनौ, श्रीमानलाई मापसे नगरी सवारी चलाउन प्रेरित गरौं । यत्ति मात्रै गरियो भने पनि धेरै मात्रामा दुर्घटना न्यूनिकरण हुनेछ ।

उनले सवारी चालक अनुमति पत्र, सवारी बारे अनुभव विना सवारी नचलाउन आग्रह गरेका छन् । दुर्घटनामा विना लाइसेन्स र मापसे गर्नेहरुबाट धेरै परिरहेको उनको भनाई थियो । सबैभन्दा धेरै दुर्घटनाका घाइतेहरु टाउकोमा चोट लागेका कारण ज्यान गुमाइरहेको न्यौपानेले बताए ।

सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनले जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर २ गण १ वा झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारालीका प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]