नौमती बाजा संरक्षण साझा दायित्व
सम्पादकीय
नेपाली समुदाय सांस्कृतिक विविधताले सम्पन्न छ । यहाँ विभिन्न जातजातिका आफ्नै कला संस्कृति र भेषभुषा छन् । धर्म, संस्कार र संस्कृतिले सम्पन्न नेपालमा बाजागाजाको संरक्षरण र प्रवद्र्धन भइरहेको छ । कतिपय समुदायले बजाउने बाजा लोप भइरहेको छ भने कतिपय समुदायको बाजा संस्कृति लोप हुने क्रममा छ । नेपाली समुदायको एउटा महत्वपूर्ण बाजाको रुपमा रहेको नौमति बाजाmे पनि उचित संरक्षण पाइरहेको छैन । पञ्जेबाजा, नौमति बाजाको संरक्षण गर्ने मुल दायित्व भनेको राज्यको हो । त्यसका लागि विभिन्न क्षेत्रको सहयोगको खाँचो छ । नौमति मात्र होइन, यहाँ बजाइने सबै प्रकृतिका बाजाहरुको संरक्षण जरुरी भएको छ ।
अहिले विवाह ब्रतबन्धमा स्थानीय बाजा विरलै देख्न पाइन्छ । स्थानीय बाजाको अभावका कारण पनि अन्यत्रबाट बाजा आयात गरिएको हुन सक्छ । पछिल्लो समय नौमति बाजा बजाउनका लागि महिलाहरुलाई प्रेरित गर्ने काम भइरहेको छ । महिलाहरुलाई नौमति बाजा बजाउने काममा जोडेर रोजगारको लागि वातावरण पनि तयार गरिदैछ । नौमति बाजाको पहिलो कुरा संरक्षण नै जरुरी छ । बाजाको संरक्षणका लागि भइरहेको कतिपय प्रयासहरु राम्रा छन् । तर, महिलाहरुको आकर्षण बाजाको संरक्षण गर्ने हिसावले भइरहेको छैन । बाजा बजाएर सहजै आम्दानी गर्ने बाटो देखेर महिलाहरुको आकर्षण भएको हो ।
नौमति बाजा दमाईहरुले बजाउदै आएको बाजा हो । अहिले पनि दमाई बाजा भनेर सम्बोधन गरिन्छ । दमाई समुदायले बजाउने बाजा भएकाले पनि दमाई बाजा भनिएको हुनुपर्छ । यो बाजाको व्यवसायिकरण महिलाहरुबाट भइरहेको हुन सक्छ । तर, बाजाको सच्चा संरक्षण त्यहि समुदायले मात्र गर्न सक्छ । त्यसैले बाजा बजाउन अग्रसर समुदायलाई सहयोग गर्नुपर्छ । जसले साच्चैको नामति बजाउछ त्यो समुदायले कतैबाट सहयोग पाउन सकेको छैन । जसले व्यवसायलाई मात्रै हेरिरहेको छ, त्यहाँमात्रै आर्थिक सहयोगको काम भइरहेको छ । यसैले नौमति बजाउने समुदायले पनि किन सहयोग भइरहेको छैन भन्ने खोजी गर्नुुपर्छ । बाजाको संरक्षण गर्ने दायित्व सबैको हो । संरक्षण गर्नैपर्छ । यसका लागि दमाई समुदायलाई बाजा संरक्षणको अभियानमा सहयोग गर्न अपरिहार्य छ । त्यसका लागि अग्रसरताको पनि खाँचो छ ।