बैशाख २४, २०८२ बुधबार

चट्याङबाट सुरक्षित रहौं

सम्पादकीय

वर्षायामको बेला बाढी पहिरोको ठुलो त्रास हुन्छ । त्यसले जनधनमै क्षति पुराउछ । नितरन्त वर्षा हुँदा अनपेक्षित ठाउँहरुमा पनि पानीले असर गरिरहेको हुन्छ । वर्खायाममा धेरै नै जोखिम हुने भएकाले पलपलमा सतर्कता अपनाउन सक्नुपर्छ । यो समयमा अर्को प्राकृतिक जोखिम भनेको चट्याङ पनि हो । जसले मान्छेलाई लागेपछि बाँच्ने संभावना कम हुन्छ । झापामा मंगलवार दुई जनाको चट्याङ लागेर नै ज्यान गयो । चट्याङले लागेपछि लगभग ज्यान जोगाउन सहज भएको पाइदैन । नेपालमा वर्सेनि ५४० वटाजति प्राकृतिक प्रकोपहरू आउँछन् । जसको १५ प्रतिशत हिस्सा चट्याङले ओगटेको छ । त्यस कारण मानवीय जीवनको सुरक्षामा ख्याल गर्न अपरिहार्य छ । नेपालमा बढीजसो चैत, वैशाख र जेठ महिनामा चट्याङले असर गर्छ । जलवायु परिवर्तनले पनि चट्याङ निम्त्याइरहेको हुन्छ ।

अहिले मध्य बर्खाको समय छ । असार–साउन महिनामा छिनछिनमा मौसम परिवर्तन हुन्छ । त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ । चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने गरेको छ । विज्ञहरूका अनुसार चट्याङ ध्वनी शक्ति पनि हो । यसमा ध्वनी शक्तिको उत्पादन हुन्छ । बादलका विपरीत दिशा आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । दुई बादल जुधेपछि ठूलो आवाज निस्किन्छ । एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ । चट्याङबारे जानकारहरु भन्छन्, ३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो ।

चट्याङबाट मृत्यु हुने गरेका अधिकांश मानिसहरू खेतवारीमा काम गरिरहेका हुन्छन् । झापामा हिजोको घटना पनि खेतवारीमै जोडिन्छ । विशेषगरी चट्याङले खुला ठाउँमै आक्रमण गर्छ । ठूलो रूख छेउछाउ, अग्ला टावरहरूमा आक्रमण गर्छ । चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’ मा विशेष ध्यान दिनुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो । घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिन हुदैन । अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ । ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन । जसले गर्दा घर सुरक्षित हुन्छ । यसको आवाजले डराउनु पर्दैन । बिजुली चम्किँदा डराउनुपर्ने हो । बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ । यतिबेलै क्षति भइसकेको हुन्छ । बिजुली चम्किएका बखत घरबाहिर वा खुला ठाउँमा नहिँड्नु चट्याङबाट मुक्त हुनु पनि हो । ठूला रूखका फेदमा नबसेको झनै राम्रो । बिजुली चम्केका बेला इलेक्ट्रिक यन्त्रहरू प्रयोग गर्नुहुँदैन । यति मात्रै गर्न सकियो भने चट्याङबाट सुरक्षित रहन सकिन्छ ।

प्रकाशित मिति : असार १३, २०८१ बुधबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]