संभावना खोजौं, निराश नबनौं
सम्पादकीय
युवाहरु पछिल्लो वर्षहरुमा रोजगारीका लागि कोरिया जान थालेका छन् । कोरियामा युवाहरुको आकर्षण राम्रै छ । मेहनत अनुसार आम्दानी पनि राम्रै हुने भएपछि आकर्षण नहुने कुरै भएन । खाडी मुलुकमा गइरहेका नेपाली युवाहरुको रोजगारीको गन्तव्य बदलिएको छ । कडा परिश्रम गर्नलाई तयार युवाहरु अहिले धमाधम परीक्षा पनि दिइरहेका छन् । लगातार कोरिया जाने कामदारका लागि परीक्षा सञ्चालन भइरहेको छ । अध्ययनमा पनि कडा मेहनत गरेर मात्रै जान पाइने कोरियाको परीक्षालाई विद्यार्थीहरुले कठिन घडिको रुपमा ग्रहण गरेका छन् । शत प्रतिशत जस्तो प्रश्नको जवाफ लेख्नुपर्नेछ ।
काठमाडौंमा इपीसको परीक्षा लेखिरेहका युवा, विद्यार्थीहरु वर्षौको मेहनतपछि परिणाम निकाल्ने लक्ष्यमा हुन्छन् । स्वभाविक रुपमा, भविष्य नै कोरियामा देखेर मेहनत गरेर परिणाम निकाल्न नसक्दा दुख लाग्छ नै । केहि दिनयता परीक्षाफल सोचेजस्तो नआएपछिका दुर्घटनाले थप चिन्तित बनाएको छ । परिवारमा चिन्ता बढेको छ । एक वर्षमा सफलता हासिल गर्न सकिएन भने अर्को वर्षका लागि तयार हुनुपर्छ । नतिजा निकाल्ने मामिला भनेको कठिन पनि हुन्छ । त्यसैले गलत बाटो कसैले पनि रोज्न हुदैन । कोरियाको सपना देख्ने युवाहरुले एकै पटकको परीक्षामा सफलता नमिले अर्को पटक प्रयास गर्ने प्रण गर्नैपर्छ ।
नेपाली युवाहरु देश बारिह जान विवश छन् । यहाँ भनेजस्तो रोजगार र रोजगारको वातावरण छैन । व्यापारका लागि सबैसँग पुँजी छैन । पुँजी दिनेहरु सबैलाई दिइरहेका छैनन् । बैंक वित्तीय संस्थाहरुले गरिखानेहरुलाई सहजीकरण गर्न सकिरहेको अवस्था छैन । तथापि, यो देशमा माटो उर्वर छ । जीवन चलाउनकै लागि अर्को देश जान जरुरी छैन । उर्वर माटोमा सबैखाले संभावनाहरुको उत्पादन गर्न सकिन्छ । देशमै कोरियाको सपना पुरा गर्नुपर्छ । आफ्नै माटोमा कोरिया र जापानको सपनालाई पुरा गर्नुपर्छ । यहाँ संभावना खोज्नुपर्छ । विदेशमा गर्ने श्रम स्वदेशमै गनुर्पर्छ । कोरिया परीक्षामा फmे हुँदैमा निराश नबनौं । देशमा संभावनाको खोजी गरौं ।