बैशाख २४, २०८२ बुधबार

देवी माविले ८० हजारमा ११-१२ मा होटल म्यानेजमेन्ट पढाउने

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा होटल म्यानेजमेन्ट सम्बन्धी पठनपाठन सुरु हुने भएको छ । साउन २ गतेबाट पठनपाठन हुने विद्यालयमा बुधबारसम्म २० जना विद्यार्थी भर्ना भइसकेका छन् ।

देवी माविले कोशी प्रदेशकै ठुलो होटल म्यानेजमेन्टको ल्याव स्थापना गरेको दावी गरेको छ । निजी र सामुदायिक विद्यालयहरुमध्येकै ठुलो किचन ल्यावमा अभ्यास गर्दै पठनपाठन गर्ने देवी माविका शिक्षक प्रतिनिधि उमेश शाहले जानकारी दिए ।

विद्यालयले आफ्नै स्रोतबाट कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट सुरु गर्न लागेको शाहले जानकारी दिएका हुन् । उनका अनुसार होटल म्यानेजमेन्टसँगै पर्यटन र पर्वतारोहण विषय पठनपाठन हुनेछ ।

सामुदायिक विद्यालयमा स्थापित देवी माविले होटल म्यानेजमेन्ट तर्फ कोशी प्रदेशकै सबैभन्दा धेरै क्षमता भएको विद्यालयको रुपमा दावी गरेको छ । निजी र सामुदायिक विद्यालयहरुमध्ये सबैभन्दा धेरै विद्यार्थी पठनपाठन गर्न सक्छौं, शाहले भने – कक्षा ११-१२ मा १६०/१६० विद्यार्थीले पठनपाठन गर्न सक्नेछन् । यति धेरै विद्यार्थी पढ्न पाउने विद्यालय कोशी प्रदेश मै देवी मावि मात्र हुनेछ, उनले थपे ।

होटल म्यानेजमेन्ट सञ्चालनको अन्तिम तयारीमा रहेको देवी माविले विद्यार्थी भर्ना खुलाइसकेको छ । धमाधम किचन, बार र कोठाहरु तयार गर्ने काम भइरहेको बताइएको । एउटै किचन ल्यावमा २० जना विद्यार्थीले अभ्यास गर्न पाउने छन् ।

अभिभावकको माग बढेपछि देवी माविले गत पुस १९ गते सम्पन्न वार्षिकोत्सवमा होटल म्यानेजमेन्ट पठनपाठन गर्ने घोषणा गरिएको थियो । सोही घोषणा बमोजिम बिर्तामोड नगरपालिकासँग विषय थपको अनुमति पाएपछि विद्यालयले होटल म्यानेजमेन्ट सुरु गरेको हो । नगरपालिकाले साढे ६ लाख रुपैंयाँ पुस्तकालय निर्माणमा सहयोग गरेको छ ।

विद्यालयले कोशी प्रदेश सरकारसँग होटल म्यानेमेन्ट कक्षा सञ्चालनका लागि प्रस्ताव पेश गरेको थियो । प्रस्ताव पेश गर्दा पनि कुनै आर्थिक सहयोग प्राप्त नहुने भएपछि आफ्नै स्रोतबाट पठनपाठक गर्ने हिम्मतका साथ अघि बढेको शाहले जानकारी दिए ।

११÷१२ का संयोजक समेत रहेका शाहका अनुसार कक्षा ११ र १२ अध्ययन गर्नका लागि ४०÷४० हजार लगानी गरे पुग्ने शाहको भनाई छ । जम्मा ८० हजार लगानी गर्दा ११÷१२ मा होटलम्यानेजमेन्ट अध्ययन गर्न पाइने छ ।
विद्यालयले ४० लाख लगानी गरेर होटल म्यानेजमेन्ट कक्षा सञ्चालनका लागि किचन, रेष्टुरेन्ट बार, रिसेप्सन, तयार गरिरहेको छ । अध्ययनपछि पाँच तारे होटलमा काम गर्न सक्षम हुने शाहको दावी छ ।
विद्यार्थीलाई रोजगारीका लागि सीपमुलक शिक्षा आवश्यक भएपछि अभिभावकहरुले प्राविधिक शिक्षाको माग गर्दै आएका थिए ।

प्रकाशित मिति : असार २१, २०८१ बिहीबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]