जेष्ठ ४, २०८२ शनिबार

बिर्तामोडको सडक पूर्वाधार : कालोपत्रे ७९ प्रतिशत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा नगरको स्रोतबाट मात्रै ३५ सय मिटर खानेपानीको पाइपलाईन विस्तार गरेको छ । नगरपालिकाले योजनाको प्रगति विवरण सार्वजनिक गर्दै खानेपानीमा ३५ सय मिटर पाइप विस्तार गरेको जनाएको हो ।

बिर्तामोड नगरपालिकाले आफ्नै बजेटबाट सम्पन्न गरेको विभिन्न योजनाको प्रगति सार्वजनिक गर्दै कालोपत्रे ११.६३ किमि निर्माण गरेको जनाएको छ । ५ वर्षमा नगरपालिकाले ९१ किलोमिटर सडकमा कालोपत्रे गरिसकेको छ । पूर्वाधार विकास तथा भवन नियमन शाखाका इन्जिनियर नरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको विवरण उपलब्ध गराउदै यो वर्ष ३ वटा विपन्न आवास निर्माण गरेको जानकारी दिए । उनका अनुसार ३ थान भवन मर्मत गरिएको छ भने एउटा अस्पताल निर्माण गरिएको छ । ४ वटा सामुदायिक भवन निर्माण भएका छन् ।

पेवर्स ब्लक ५.०१ किमि, ग्राभेल १२.३८ किमि, ८.९० किमि नाला डे«न, २२.०१ किमि प्लम, सडक मर्मत तथा संभार ९.५० किमि गरिएको श्रेष्ठले जानकारी दिए । बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा २७ वटा कल्भर्ट निर्माण गरेको छ । ५ वटा कल्भर्ट मर्मत गरेको छ भने १ थान फलामे पुल निर्माण गरिएको छ । ह्यूमपाइप कल्भर्ट ११ वटा निर्माण गरिएको छ भने ९४ मिटर तटबन्धन गरिएको बताइएको छ । एउटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
नगरपालिकाले उर्जा तर्फ १०९ थान विद्युत पोलको व्यवस्थापन गरेको छ भने ६ थान सडक सोलार वत्ती जडान गरिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । यस्तै, नगरपालिकामा यहि वर्ष १४० थान सडक वत्ती जडान गरिएको हो ।

५ वटा खेल मैदानमा लगानी गरेको नगरपालिकाले १९ थान ट्युवेल वितरण गरेको हो । यहि शिर्षकमा नगरपालिकाले प्रदेश र संघको बजेटबाट काम गरेको श्रेष्ठको भनाई छ । नगरको बजेटबाट गरेको काम बारे जानकारी दिदैं श्रेष्ठले भने – सडक पूर्वाधार तर्फ ७९ प्रतिशत काम गरिएको छ ।

प्रकाशित मिति : असार २६, २०८१ मंगलबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]