बैशाख २४, २०८२ बुधबार

स्वास्थ्यमा बीमामा दुःख नहोस्

सम्पादकीय

साउन १ गतेदेखि झापाको बिएण्डसी अस्पताललमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ । बिएण्डसीमा यसअघि पनि स्वास्थ्य बीमाबाट उपचार सेवा दिइन्थ्यो । तर, बीमा बोर्डले भुक्तानी नगरेपछि रोकिएको थियो । फेरि सुरु भएको सेवाले बीमितहरुलाई सुविधा हुने निश्चित छ । बिएण्डसी मात्र होइन, स्वास्थ्य बीमा बोर्डले देशभर १२ स्वास्थ्य संस्थामा उक्त कार्यक्रम सुचारु गरेको छ । यसले सेवाग्राहीलाई सहज हुने विश्वास गरिएको छ । अबका दिनमा बीमाबाट उपचार गर्नेहरुलाई दुख नहुने अपेक्षा गरिएको छ । बिएण्डसीमा सेवा सुरु भएपछि स्वभाविक रुपमा सहजै सेवा पाइन्छ भन्ने विश्वास छ ।

झापाका दुई दर्जन स्वास्थ्य संस्थामा बीमाबाट उपचार सेवा पाइन्छ । हरेक स्वास्थ्य संस्थाको बसाई व्यवस्थापन अति भीडभाड, अस्तव्यस्त हुने गरेको छ । जसका कारण बिरामीहरुलाई थप समस्यामा पर्ने गरेका छन् । बीमा कार्यक्रममा अहिले उपचारमा लाग्ने शुल्कमध्येको २० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था सुरु भइसकेको छ । साउन १ गतेबाट सुरु भएको उक्त व्यवस्था अनुसार शुल्क बुझाउन बिरामीहरु तयार छन् । तर, डाक्टरले राम्रोसँग चेकजाँच नगर्ने गुनासो आउने गरेको छ । डाक्टरले बिरामीहरुलाई २ मिनेट पनि समय नदिने, बिरामीको समस्या नसुन्ने जस्ता गुनासोको सम्बोधन गर्न आवश्यक छ ।

बीमा जति धेरै स्वास्थ्य संस्थामा उपलब्ध हुन्छ, बिरामीहरुलाई त्यति नै सुविधा हुन्छ । संस्थाको संख्या कम हुँदा बिरामीको चाप एकै ठाउँमा धेरै हुन्छ । जसका कारण समयमा उपचार सेवा पाउन कठिन हुन्छ । आगामी दिनमा स्वास्थ्य बीमा गर्नेहरुको समस्या बारे जानकारी लिन जरुरी छ । हरेक स्वास्थ्य संस्थाहरुले कमजोरीलाई सुधार गर्न बिरामीबाट सूझाव संकलन गर्नुपर्छ । सबैले स्वास्थ्य बीमामा धेरै दुख पाइन्छ भन्ने आवाज आउने गरेको छ । त्यसैले बिमितलाई उपचार सेवासँगै सहजै सुविधा उपलब्ध गराउनुपर्छ ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]