बैशाख २४, २०८२ बुधबार

यातायात सार्ने स्वार्थ समूहको चलखेल रोकौं

सम्पादकीय

केहिदिन देखि यातायात व्यवस्था कार्यालय सार्ने विषयमा बहस चलिरहेको छ । बिर्तामोड नगरपालिका वडा नं. ३ भगवान चोक दक्षिणमा सञ्चालन भईरहेको कार्यालयलाई बिर्तामोड वडा नं. ७ गरामनी पूर्व भागमा सार्ने भन्ने चर्चा चलेको हो । बिर्तामोडकै वडा नं. २ चारपाने क्षेत्र र वडा नं. ८ को देउनिया क्षेत्रमा पनि जग्गा प्राप्त भइरहेको विषयले खासै चर्चा पाइरहेको छैन । यातायाता कार्यालय आफ्नो ठाउँमा सार्नका लागि ठुलै समूह सक्रिय छ । एकातिर यातायात कार्यलय साँघुरो हुनु र अर्का तिर जग्गा पनि प्राप्त हुनुले नयाँ ठाउँमा सार्न सकिने विषयलाई छलफलको रुपमा बाहिर ल्याइएको छ । यसको निर्णय जग्गादाता, स्वार्थ समूहबाट अवश्य हुने छैन र हुनुहुदैन ।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेको कार्यालयलाई अन्यत्र लैजान खोजिएको होइन । यसै नगरभित्र पर्याप्त जमिन प्राप्त भएमा सार्न सकिने गरि छलफलहरु सुरु भएका हुन् । हो, यातायात कार्यालयलाई ठाउँ अभाव भएकै छ । त्यसलाई आवश्यक क्षेत्रफल जरुरी छ । त्यसका लागि पहिलो प्राथमिकता भनेको कार्यालयलाई जग्गा दिइसकेका बद्री खड्काको परिवारलाई दिनुपर्छ । थप जग्गा दिने अवस्था छ या छैन ? केहि जमिन खरिद गर्दा ठाउँ अभावको समस्या समाधान हुन्छ भने अहिलेको कार्यलय उपयुक्त ठाउँमा छ । राजमार्गबाट नजिकै भएको, यातायात कार्यालय स्थापना भएकै कारण व्यापारमा लगानी गरेका हिसावले यातायातलाई बाहिर लैजान दिन हुदैन । र, कार्यालय सार्ने विषयमा विभिन्न ठाउँमा मुद्धा समेत भएकाले स्थानीय सरकारले त्यसको अध्ययन गरेर मात्रै निर्णय लिन उपयुक्त हुन्छ ।

यातायात कार्यालय सार्नका लागि दवाव दिने, प्लटिङका लागि जग्गा तयार गर्ने जस्ता स्वार्थ समूहहरु निरन्तर सक्रिय छ । कार्यालय स्थापना गरिने ठाउँ स्वभाविक रुपमा विकास हुन्छ । सो क्षेत्रले कार्यालय लैजाने कुरालाई स्थानीयले पक्षपोषण गर्नैपर्छ । फेरि, जहाँबाट कार्यालय उठाइन्छ त्यस क्षेत्रमा जिविका चलाउनेहरुको जिम्मा नयाँ ठाउँमा जग्गा दिनेहरु लिन सक्छन् ? त्यसैले आफ्नो स्वार्थ हेरेर अरुलाई बर्बाद बनाउने काम सोच्न हुदैन । कार्यालय कहाँ लैजाँदा औचित्य पुष्टि हुन्छ, त्यहाँ सार्नैपर्छ । यदि सार्ने र्ने हो भने । तर, आफ्नो जग्गाको भाऊ बढाउने नाममा आम सेवाग्राहीलाई दुःख दिन पाइदैन । यातायात कार्यालय भनेको आम साविक मेचीबासीका सवारी चालकहरुको कार्यालय हो । त्यसैले गाउँमा प्लटिङ उकास्ने नाममा आम सेवाग्राहीलाई दुःख दिने निर्णय लिनु हुदैन ।

प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]