बैशाख २४, २०८२ बुधबार

नरबहादुर कर्माचार्य प्रतिष्ठान र प्रशिक्षकबीच ६ बुँदे सहमति

बिर्तामोड । झापाको बिर्तामोड२ स्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच सहमति भएको छ । आइतबार प्रतिष्ठानका सञ्चालक र आन्दोलनरत प्रशिक्षक कर्मचारीबिच ६ बुँदे सहमति भएको हो । सहमतिपश्चात् प्रतिष्ठानमा देखिएको गतिरोध अन्त्य भएको प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीले जानकारी दिए ।

उनीहरुबिच हालसम्म प्रशिक्षक तथा कर्मचारीले असार मसान्तसम्म पाउनुपर्ने भुक्तानी साउन १६ गतेसम्म भुक्तानी दिने, प्रतिष्ठान र प्रशिक्षक कर्मचारीबिच गत जेठ ८ र २७ गते भएको सम्झौता बिनाशर्त पूर्ण रुपमा कार्यान्वयन गर्ने, प्रशिक्षक तथा कर्मचारीहरूले प्रतिष्ठानको आचारसंहिताभित्र रही नियमित रुपमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नेलगायत सहमति भएको हो । सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट अध्यक्ष दर्लामी र सहसचिव शिवकुमार राजभण्डारी तथा प्रशिक्षक-कर्मचारीका तर्फबाट नविनकिशोर विमली, सुधीरकुमार दास र पवनकुमार भट्टराईलगायतले हस्ताक्षर गरेका छन् ।

पाँच महिनादेखिको तलब नपाएपछि प्रशिक्षक र कर्मचारीहरूले प्रतिष्ठानको प्रशासनिक भवनमा साउन १ गते तालाबन्दी गरी निरन्तर आन्दोलन गर्दै आएका थिए ।

प्रकाशित मिति : श्रावण ७, २०८१ सोमबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]