बैशाख २४, २०८२ बुधबार

मन्टेश्वरीको अनुगमन गर

सम्पादकीय

पछिल्लो वर्षहरुमा साना बालबालिकाहरुका लागि मन्टेश्वरी स्थापना गर्ने लहड चलिरहेको छ । वर्षेनी यस प्रकारका शैक्षिक संस्थाहरु स्थापना भइ सञ्चालनमा रहेका छन् । निरन्तर स्थापना भइरहने र सञ्चालन मात्रै भइरहेका संस्थाहरुको अनुगमन लगभग शून्य जस्तै छ । मन्टेश्वरी सञ्चालन गर्नेहरुलाई पनि कसैले चासो नदिएका कारण सञ्चो छ । तर, आगामी दिनहरुमा स्थानीय सरकार सहित सरोकारवालाहरुले मन्टेश्वरीभित्र के भइरहेको छ ? त्यसको खोजी र अनुगमन गर्न अपरिहार्य छ । कुनै पनि शैक्षिक संस्थाहरुलाई वेवास्था गर्दै जाने हो भने भविष्यमा त्यसको परिणाम अपेक्षाकृत मात्र हुन सक्दैन ।

पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ । विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्री किन्डरगार्टेन शिक्षा निकै महत्वपूर्ण मानिन्छ । आम अभिभावकहरुले आफ्नो सन्तानलाई मन्टेश्वरी पठाउनुको कारण पनि त्यहि हो । त्यसैले विद्यालयको पठनपाठन सुरु हुनुपूर्व आवश्यक सिकार्य भइरहेको वा नभएको अध्ययन हुन आवश्यक छ ।

गाउँदेखि शहरमा बाक्लै गरी खुलेका मन्टेश्वरीहरुले आफु खुशी शुल्क उठाइरहेका छन् । बालबालिकाहरुले खाने खाद्य सामग्री के कस्तो छ, अभिभावकहरुले विश्वास मात्रै गरिरहेका छन् । बालबालिकाहरुको उचित हेरचाह भइरहेको छ या छैन त्यसको अनुगमन गर्नुपर्छ । बालबालिकाको सिकाई अभ्यासदेखि सिकाई प्रक्रियाहरुमा चासो दिन जरुरी ढिला भइसकेको छ । बालबालिकाहरुलाई खुवाउने खानाहरु स्वास्थ्यबर्धकमाथि पनि प्रश्न उठिरहेको छ । घरमा अभिभावकले के खाजा खायौ भन्दा चाउचाउ, चाउमिन, लेज भन्दा चुप बस्न हुदैन । मन्टेश्वरी सञ्चालकहरुलाई सचेत गराउदै सरोकारवालाहरुले अनुगमन गर्न आवश्यक छ ।

प्रकाशित मिति : श्रावण २३, २०८१ बुधबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]