जेष्ठ १२, २०८२ आईतबार

छोरीलाई गर्भवती बनाउने झड्केलो बुबा पक्राउ

बुद्वशान्ति । झापाको बुद्वशान्तिमा आफैले पालनपोषण गरी हुर्काएकी छोरीलाई करणी गरी गर्भवती बनाउने एक झड्केलो बुबा झापामा पक्राउ परेका छन् ।

बुद्धशान्ति गाउँपालिकामा त्यस किसिमको घटना भएको हो । गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त छैनन् । तिनै ४१ वर्षका झड्केलो बुबाले सानैदेखि पालेका थिए । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी प्रहरीले पीडित र पीडकका बारेमा खुलाएको छैन ।

बलात्कृत नाबालिकालाई सेफ हाउसमा राखिएको र घटनामा संलग्न झड्केलो बुबालाई पक्राउ गरी आबश्यक कार्वाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]