आर्थिक

राहत कोषमा भट्टराईद्वारा ५१ हजार रुपैयाँ प्रदान

राहत कोषमा भट्टराईद्वारा ५१ हजार रुपैयाँ प्रदान


झापा, बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । भट्टराई संघका विशिष्ठ सदस्य हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोषमा सहयोग पु¥याएको र कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म हरेक वर्ष आफ्नो जन्म दिनमा सहयोग प्रदान गर्ने बताए ।

श्रीमती सुमित्रासहित संघको कार्यालयमा आएका उनले कोषमा रकम प्रदान गर्दै व्यवसायीकै हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले काम गरिरहेको र कोष वृद्धिका लागि रकम जुट्ने क्रम पनि जारी रहेको बताए । भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् भने एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष हुन् । यो संगै उनी विभिन्न सामाजिक र व्यवसायिक  संघ सस्थामा आवद्ध छन् ।

कोष वृद्धिका लागि सहयोग प्रदान गरेका भट्टराईलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रसहित सम्मान गरेको छ । कदरपत्र संघका अध्यक्ष न्यौपाने,कोषका संयोजक राजकुमार घिमिरे राजु, उपाध्यक्ष जीवन खड्का, गोमा भट्टराई , महासचिव कुशल खतिवडा लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी सदस्य राहत कोष स्थापना गरेको हो । कोषमा हालसम्म झण्डै २० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

शेयर गर्नुहोस :

216
Shares