जेष्ठ १२, २०८२ आईतबार

अर्जुनधारामा भिडियो कल गरेर आत्महत्या : किशोरीले आत्महत्या गरेको केहि वेरमै पुरुष पनि

बिर्तामोड । झापाको अर्जुनधारामा एक किशोरीले आत्महत्या गरेको ३ घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेपछि पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् ।

अर्जुनधार नगरपालिका–६ लक्ष्मीटोलकी अन्दाजी २४ की नम्रता पाठकले आज बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । पुजा कोठामा सलको पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा कोही नभएको समयमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको पाइएको छ । पाठकले वाट्सएपमा ढुङ्गेललाई भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । प्रहरीले उनीहरुबिच बिवाहेत्तर सम्बन्ध रहेको आशंका गरेको छ ।

प्रकाशित मिति : भाद्र १४, २०८१ शुक्रबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]