जेष्ठ ११, २०८२ शनिबार

पत्रकार महासंघको चुनाव असोज ५ मा हुने

बिर्तामोड । नेपाल पत्रकार महासंघको निर्वाचन असोज ५ गते हुने गरी नयाँ मिति तोकिएको छ ।

सदस्य शुद्धीकरण विवादका कारण यसअघि अन्तिम समयमा अनिश्चितकालका लागि स्थगित गरिएको महासंघको निर्वाचन असोज ५ गतेलाई निर्धारण गरिएको हो ।

त्यो दिन केन्द्र, प्रदेश र जिल्ला सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको अध्यक्ष विपुल पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरेलले घोषित मितिमा निर्वाचन हुन नसक्नु अध्यक्षका नाताले नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]