जेष्ठ ११, २०८२ शनिबार

ब्राउन सुगरसहित एकको पक्राउ

बिर्तामोड । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ प ३५४९ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गरेको थियो ।

सोही क्रममा कमल गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र ताजपुरियाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउन सुगर भेटेर उनलाई नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका ताजपुरियाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]