जेष्ठ १०, २०८२ शुक्रबार

दलित पत्रकार संघ झापाको अध्यक्षमा गदाल सर्वसम्मत चयन

झापा । राष्ट्रिय दलित पत्रकार संघ झापाको दोस्रो अधिवेशनले मन कुमार गदाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।

बिर्तामोडमा भएको अधिवेशनले गदाललाई सर्वसम्मत जिल्ला अध्यक्ष चयन गरेको हो । गदाल रेडियो किंग एफ.एम.१०४.१ मेगाहर्ज दमकमा आवद्ध रहेका छन् । दलित पत्रकार संघको उपाध्यक्षमा गोविन्द ल्वागुन, सचिवमा किशोर उपरकोटी, सहचिवमा दिपिका लोहार र कोषध्यक्षमा प्रमिला रामदाम चयन भएका छन् । सदस्यहरुमा दिपिन विश्वकर्मा र सुमन धमला रहेका छन् ।

निर्वतमान अध्यक्ष प्रदिप परियारको अध्यक्षतामा भएको अधिवेशनले निर्वतमान अध्यक्ष परियार र निवर्तमान सचिव चिरञ्जीवी घिमिरेलाई प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिमा अग्रज पत्रकार रञ्जीत परियार र निर्वतमान उपाध्यक्ष नरेश खातीलाई सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि संघका केन्द्रीय उपाध्यक्ष पर्वत पोर्तेल, झापाका अग्रज पत्रकार बीरु दर्नाल र सुब्रत न्यौपानेले लगायतले नवनिर्वाचित जिल्ला कमिटीलाई वधाई ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार  ३ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]