जेष्ठ ९, २०८२ बिहीबार

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

चितवन, ३० भदौः गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का बागमती प्रदेश प्रमुख गणेशबहादुर गुरुङले लोकार्पण गर्नुभएको हो ।

पुस्तकमार्फत सिकाइ प्रभावकारी हुने देखिएपछि तमू ह्युल छोंज धींले पहिलोपटक पुस्तक प्रकाशन गरेको पुस्तक प्रकाशन समितिका संयोजक कृष्णबहादुर गुरुङले बताउनुभयो । पुस्तकका लेखक तुलमान गुरुङले गुरुङ भाषामा भेगीय भिन्नता पाइने हुँदा भाषामा एकरूपता नभएको बताउनुभयो ।

यसैबिच तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले शनिबारदेखि तमू भाषा कक्षा सञ्चालन गरेको छ । गुरुङ समुदायमा आफ्नो मातृभाषा जान्नेहरूको सङ्ख्या कम हुँदै गएपछि यसको संरक्षणको लागि कक्षा नै सञ्चालन गर्नुपरेको ह्युल छोंज धींकी अध्यक्ष विमलादेवी गुरुङले बताउनुभयो । ह्युल छोंज धींले भाषा नजान्नेहरूका लागि गत वर्षदेखि नियमित कक्षा सञ्चालन गर्न थालेको हो ।

प्रकाशित मिति : भाद्र ३०, २०८१ आईतबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]