जेष्ठ ८, २०८२ बुधबार

मेनपावर व्यवसायीद्वारा मनिसाको हत्यामा संलग्नलाई कारबाहीको माग

बिर्तामोड । मेनपावरमा कार्यरत कर्मचारीको हत्याप्रति वैदेशिक रोजगार व्यवसायी संघ झापाले घोर भत्र्सना गरेको छ । गत साउन २८ गते त्रिवेणी एचआर सोलुशन प्रालिको शाखा कार्यालय बिर्तामोडमा रिसेप्सन पदमा कार्यरत कर्मचारी अन्दाजी १९ बर्षिया मनिषा लोहारको हत्याप्रति संघले आइतवार विज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेको हो ।

गत शुक्रवार कार्यालयबाट आफ्नो डेरातर्फ फर्कने क्रममा अपरिचित व्यक्तिको पटक–पटकको छुरा प्रहारबाट सख्त घाइते भएकी लोहार उपचारार्थ अस्पताल पुर्याइएता पनि बीएण्डसी अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको हत्याले वैदेशिक रोजगार व्यवसायी संघसहित झापा लगायत सिङ्गो वैदेशिक रोजगार व्यवसायीहरुलाई मर्माहत एवम् स्तव्ध तुल्याएको संघका अध्यक्ष धनबहादुर पन्धाकद्धारा हक्ष्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

समाजमा घट्ने यस्ता अप्राकृतिक घटनाप्रति संघले घोर भत्र्सना गरेको छ । संघले उक्त घटनाको निष्पक्ष छानबिन गरि सत्य तथ्य बाहिर ल्याउँदै दोषी माथि कडा भन्दा कडा कार्यवाहीका लागि सम्बन्धित निकाय समक्ष संघ जोडदार माग गरेको छ । संघले शोक स्तब्ध परिवारजनमा धैर्य धारण गर्न आग्रह गर्दै हार्दिक समवेदना तथा मृतकको आत्मको चिरशान्तिको कामनासमेत गरेको छ ।

प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]