राष्ट्रिय युवा संघ झापाको अध्यक्षमा गिरी र लामाको उम्मेदवारी दर्ता
बिर्तामोड । राष्ट्रिय युवा संघ झापाको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएको छ । बुधबार साँझ सञ्चालन गरिएको बन्दशत्रपछि निर्वाचन कार्यक्रम अघि बढाइएको थियो । सो क्रममा अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गरेका छन् ।
युवा संघ झापाका नेता विकास गिरी र आयोजक कमिटीका संयोजक फूर्वा लामाले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका हुन् । प्राप्त सूचना अनुसार पदाधिकारीहरुमा मनोनयन दर्ता भएको छ । पालिका अध्यक्ष, पालिका सदस्य र क्षेत्री सदस्यहरु लगभग टुंगिएको बताइएको छ ।
मनोनयन दर्तापछि अधिकतम सहमतिबाटै नेतृत्व चयन गर्ने भनिएपनि अधिकांश प्रतिनिधिहरुले निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै आएका छन् । आयोजकसहित २७५ जना प्रतिनिधि रहेको युवा संघको सम्मेलन निर्धारित समयभन्दा २६ महिना ढिलो भएको हो ।
झिलझिलेमा आयोजित नवौं जिल्ला अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले गरेका थिए ।