बैशाख २४, २०८२ बुधबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बुझिएको छ । साथै बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ समेत गर्ने बताइएको छ । साथै बैठकमा पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार  २ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]