जेष्ठ ५, २०८२ आईतबार

झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

झापा । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ ।

महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाले आइतबारसम्म बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]