मन्त्री दाहालद्वारा सवारी चालक अनुमति पत्र छपाईको निरीक्षण
बिराटनगर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले शुक्रबार यातायात व्यवस्था सेवा कार्यालय विराटनगरको स्थलगत निरीक्षण गर्नु भएको छ । त्यस क्रममा उहाँले प्रदेश स्तरबाट सवारी चालक अनुमति पत्र वितरण प्रणालीका बारेमा जानकारी समेत लिनुभयो । अनुमति पत्र छपाईको निरीक्षण पछि उहाँले सेवालाई प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनु भयो ।
उहाँले सेवाग्राहीहरुलाइ कुनै पनि समस्या नहुने ढङ्गबाट जति सक्दो छिटो अनुमति पत्र वितरण गर्न निर्देशन दिनु भयो । अब प्रदेश स्तरबाटै छपाई र वितरण थालिएकाले लामो समय सम्म अनुमति पत्र नपाउने अवस्थाको अन्त्य हुने समेत बताउनु भयो । अनुगमनका क्रममा मन्त्री दाहालसँगै कोशी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी समेत रहनु भएको थियो । उहाँले सेवा ग्राहीलाइ झनझट नदिन ढङ्गबाट प्रदेश बाट नै सवारी चालक अनुमती पत्र वितरण गरिएको बताउनु भयो ।
त्यस अनुगमनका क्रममा प्रदेश सभाका सदस्यहरु तिलचन पाठक, होमबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा लगायत मन्त्रालयका अन्य उच्च अधिकारीहरुको समेत सहभागिता रहेको थियो । संघीय तथा प्रदेश मन्त्री सहितको टोलीलाई कार्यालयका प्रमुख पाक्रम खाँले सेवाग्राहीलाइ सरल ढङ्गबाट सवारी चालक अनुमति पत्र वितरणका लागि आवश्यक काम शुुरु गरिएको बताउनुभयो । अनुगमनकै पुगेका सेवाग्राहीलाई मन्त्री दाहालले सोहि कार्यलयबाट छपाई लगत्तै सवारी चालक अनुमती पत्र प्रदान समेत गर्नु भयो । मन्त्री सहितकाउ उच्च अधिकारीहरुकै उपस्थितिमा अनुमति पत्र छपाई गरिएको थियो ।