जेष्ठ ५, २०८२ आईतबार

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी, १२ असोज । निरन्तरको मनसुनी वर्षाका कारण सप्तकोशी नदीको जलसतह बढेको छ ।

जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार शनिबार बिहान ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत देखिन जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सप्तकोशी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ ।

नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : आश्विन १२, २०८१ शनिबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]