वर्षा नरोकिएपछि आन्तरिक उडान अझै बन्द
काठमाडौं, १२ असोज । लगातारको वर्षापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान आजपनि बन्द गरिएको छ ।
वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियतर्फ भने शनिबार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
यसअघि भारी वर्षापछि शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म आन्तरिक उडान बन्द गरिएको थियो ।