जेष्ठ ४, २०८२ शनिबार

झ्याप्ले खोलाको पहिरोमा पुरिएको अर्को माइक्रो बस पनि भेटियो, १० जनाको शव निकालियो

धादिङ, १३ असोज । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।

माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । माइक्रोबाट दशजनाको शव बाहिर निकालिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । यसअघि हिजो बस पनि सोही पहिरोमा पुरिएको थियो । सो बसबाट १४ जनाको शव हिजै निकालिएको थियो ।

प्रकाशित मिति : आश्विन १३, २०८१ आईतबार  १२ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]