ढुक्कसँग दशैंमा घर जाने व्यवस्था मिलाइन्छ : मन्त्री दाहाल
बिर्तामोड । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक समस्याकै कारण दशैंमा घर जान कोही पनि रोकिनु नपर्ने बताएका छन् ।
आज बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री दाहालले दशैंका लागि पनि छिटोभन्दा छिटो अवरुद्ध खुलाउने काम भइरहेको बताए ।
केही दिनदेखिको वर्षाले सबैभन्दा ठुलो क्षति सडक र पुलमा भएको बताउदै मन्त्री दाहालले मन्त्रालय र सुरक्षा संयन्त्र सडक खुलाउन क्रियाशिल भएको बताए । उनले अति व्यस्त र महत्वपूर्ण मानिने नारायणगढ–मुग्लिन–नागढुङ्गा सडक हिजै खुलाइसकेको बताउदै उनले भने देशभर अवरुद्ध भएका सडकहरु खुलाउने काम भइरहेको जानकारी दिए ।
बडादशैंमा घर जान नपाइने हो कि भन्ने चिन्ता धेरै भएको पाँए, मन्त्री दाहालले भने – सबैले घर जान पाउनुहुन्छ । विकल्प नै नलाग्ने ठाउँ बाहेक सबैतिरका सडक खुलाएर सहज आवागमनको व्यवस्था मिलाइनेछ ।